क्यान्सरले बहिनीको निधन हुँदा डिंपलले पालिन् बच्चा

डिसी नेपाल
२४ कार्तिक २०७५ २:३९

एजेन्सी। डिंपल कपाडियाकी बहिनी सिंपल कपाडियाको ५१ वर्षको उमेरमा क्यान्सरबाट निधन भएको थियो। १९ वर्षको उमेरदेखि फिल्म क्षेत्रमा कदम राखेकी सिंपलको निधन १० नोभेम्बर २००९ मा भएको थियो। सिंपलले आफ्नो डेब्यू फिल्म ‘अनुरोध’ मा आफ्ना भिनाजु राजेश खन्नासँग रोमान्स गरेकी थिइन्।

एक अन्तर्वाताका क्रममा सिंपलले भिनाजु राजेश खन्नासँग शुटिङका क्रममा रोमान्स गर्दा आफूलाई निकै असहज भएको बताएकी थिइन्। दश वर्षको फिल्मी करियरमा सिंपलले एउटा पनि हिट फिल्म भने दिन सकिनन्।

अभिनेत्रीका रुपमा सफल हुन नसकेपछि उनले अभिनय छोडेर डिजाइनिङमा हात हालेकी थिइन्। उनले कस्ट्यूम डिजाइनको काम गरिन् र सफल पनि भइन्।

फिल्म रुदाली’ कालागि बेस्ट कस्ट्यूम डिजाइनका लागि उनलाई नेशनल अवार्ड पनि मिलेको थियो।उनले फिल्म ‘इंसाफ’, लेकिन, अजुबा, डर, आज की औरत, बरसात, जान, अजय, जब प्यार किसी से होता है, कसम, सोचा न था, नक्शालगायतका फिल्ममा कस्ट्यूम डिजाइन गरेकी थिइन्। सिंपलका एक छोरा छन् करन कपाडिया। सिंपलको निधनको पछि उनलाई डिंपल कपाडियाले हुर्काएकी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *