अध्यक्षलाई ११ पेजको स्पष्टीकरण पठाउँदै घनश्याम भुसालले सोधे ‘तपाइँले के पाउन बाँकी छ ?

डिसी नेपाल
१७ चैत २०७७ १२:३७

काठमाडौं। नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ११ पेज लामो स्पष्टीकरण पठाएका छन् । स्पष्टीकरणमा भुसालले अध्यक्ष ओलीले पार्टीलाई बन्धक बनाएर सत्ता र शक्तिको भोग गरेको आरोप लगाउँदै ‘सत्ता र शक्तिको भोगका हिसाबले अब तपाइँले के पाउन बाँकी छ ? भनेर सोधेका छन् ।

अध्यक्षले कंगारु अदालतको अभ्यास गरेको भन्दै भुसालले अध्यक्षले स्पष्टीकरण माग गर्दै पठाएको पत्रमा स्पष्टीकरण त के कुनै जवाफसमेत लेख्न जरुरी नभएको तर पार्टीलाई जानकारी गराउनको लागि मात्र जवाफ लेखेको बताएका छन् । भुसालले प्रधानमन्त्री तथा अध्यक्ष ओलीले राखेका बैठकहरुलाई गुटको भेलाको संज्ञा दिँदै ती भेला पार्टीको विधानअनुसार अवैधानिक भएको बताएका छन् । उनले आफूले अध्यक्ष ओलीलाई नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्षबाहेक अन्य कुनै पनि हैसियतमा स्वीकार नगर्ने बताएका छन् ।

आफूमाथि लगाइएका आरोपहरु बनावटी भएको जिकिर गर्दै भुसालले अध्यक्ष पार्टी र आन्दोलनको समेत विरुद्ध रहेको आरोप लगाएका छन् । पार्टीको दोस्रो पुस्तालाई अध्यक्षले किनारा लगाएको भन्दै भुसालले बाँकी भएकालाई पनि अध्यक्षले क्रोध र अहंकारले किनारा लगाउने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *