साउन एकदेखि वृद्धभत्ता बढाउने प्रधानमन्त्रीकाे घाेषणा

डिसी नेपाल
१७ चैत २०७७ १६:४१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो घोषणा गरेका हुन्।

ओलीले भने, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ। यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी शुरू होला। कसैलाई आपत्ति लाग्छ भने लागोस्। कसैलाई निद्रा लाग्दैन भने नलागोस्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *