मुख्यमन्त्री राईको पद जोगियो, नेपाल पक्षका १६ सांसदले गरे अविश्वास प्रस्ताव फिर्ता

डिसी नेपाल
१७ चैत २०७७ २०:१६

काठमाडौं। प्रदेश नम्बर एक सरकारका मुख्यमन्त्री शेरधन राई विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल पक्षका १६ जना सांसदले फिर्ता लिएका छन् । योसँगै मुख्य मन्त्री राईको पद पनि जोगिएको छ।

गत बुधबार मुख्यमन्त्री राईले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल समूहका नेताहरुले आफूहरु अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएको जनाएका थिए। सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएकाले नयाँ राजनीतिक परिस्थतिमा अविश्वासको प्रस्तावमाथि समर्थन नरहने जानकारी उनीहरुले प्रदेशसभा सचिवालयलाई गराएका छन् ।

राईविरुद्ध पुस १२ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो । प्रस्तावमा साबिक नेकपा प्रचण्डमाधव समूहका ३६ सांसदको हस्ताक्षर गरेका थिए। जसमा माधव नेपाल पक्षका २१ र १६ प्रचण्ड पक्षका सांसदरहेका थिए । प्रदेश १ सभामा एमालेका ५१ सांसद छन्, जुन बहुमत हो । माधव नेपाल पक्षका १६ सांसदले अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएपछि शेरधन राईको सरकार निरन्तर चल्ने निश्चित भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *