सुरेन्द्र पाण्डे र घनश्याम भुसाल एमालेबाट ६ महिनाका लागि निलम्बित

डिसी नेपाल
१९ चैत २०७७ १३:१५

काठमाडौं। नेकपा एमालेले माधव नेपाल र भीम रावलपछि नेतहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि निलम्वन गरेको छ। एमालेले पाण्डे र भुसाललाई ६ महिनाका लागि निलम्वन गरेको हो।

पाण्डे र भुसालले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै कारवाही गरिएको हो। एमालेले चार जना नेताहरु माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई चैत ४ ८ गते स्पष्टिकरण सोधेको थियो। नेपाल र रावलले यसअघि नै स्पष्टिकरण दिइसकेका छन्।

तर पाण्डे र भुसालले जवाफ नदिएपछि उनीहरुलाई दोस्रो पटक फेरि स्पष्टिकरण सोधिएको थियो। तर उनीहरुको जवाफ चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि निलम्वन गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *