प्रचण्डको माग सर्वोच्चद्वारा अस्वीकार, नेकपा एकीकरण खारेज गर्ने निर्णय पुनरावलोकन नहुने

डिसी नेपाल
१९ चैत २०७७ १३:५०

काठमाडौं । नेकपा एकीकरण नै खारेज हुने गरी आएको सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सवोृच्च अदालतमा दिएको पुनरावलोकनको निवेदन अस्वीकृत भएको छ । अब नेकपा एकीकरण खारेजी कायमै रहनेछ र एमाले र माओवादी ब्युँतिएकै अवस्थामा रहनेछन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन नहुने अदालतले फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले पुनरावलोकन नगर्ने आदेश दिएको हो । पूर्ण इजलासमा न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार ढुंगाना सदस्य थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *