हल्का वर्षासँगै मुलुकभरको मौसममा सुधार
काठमाडौँ। यो साता मुलुकभर वायु प्रदुषणका कारण देशभरका आकाशमा तुँवालोले ढाक्यो। प्रदुषण बढेपछि बालबालिकालाई रुघाखोकी, नाक, कान, घाँटी र फोक्सोमा समस्या हुने जोखिम भएको भन्दै शिक्षा मन्त्रालयले देशभरका विद्यालय ४ दिनसम्म बन्द गर्ने सम्म घोषणा गर्यो। तर मंगलबार बेलुकाको वर्षातले भने वातावरण सन्तुतित बनाउन केही राहत मिल्यो।
प्रदुषणले भिजिबिलिटी राम्रो नभएकाकारण कतिपय राष्ट्रिय अन्तर्राष्ट्रिय उडान समेत रद्द भए। चैत १८ गतेको एयर क्वालिटी इन्डेक्सको मापन अनुसार काठमाडौँ संसारकै प्रदुषित शहरको सुचिमा रह्यो। तर शुक्रबार भने साविकको दिन भन्दा मौसममा सुधार भएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरिको मौसम सफा नै रहने छ। तराई भेगमा मध्यान्हबाट मौसममा आंशिकदेखि सामान्य बदली भई हल्का तुँवालोको पनि सम्भावना रहेको महाशाखाका मैसमविद् निराजन सापकोटाले बताए। यद्यपी ठूलो पानी पर्ने सम्भावना न्युन छ, समान्य बदली भई देशको केही पहाडी भेगमा सामान्य बादल लागी सामान्य वर्षात हुने सम्भावना भने कायम छ।
साता भरि प्रदुुषित तुँवालोले जनस्वास्थ्य अस्तव्यस्त हुनुमा देशभरीका जंगलमा लागेको डढेलोनै प्रमुख कारण भएपनि छिमेकी मुलुक भारतको जंगलमा लागेको डढेलोले पनि प्रभाव पारेको महाशाखाको अनुमान छ। मंगलबार परेको पानीले तुँवालो हट्नमा ठूलो भूमिका खेलेको सापकोटाले बताए। आइतवारबाट मौसम क्रमिक सुधार भई केही साताबाट बर्षाको याम सुुरुहुने महाशाखाले जनाएको छ।
Facebook Comment