प्रधानमन्त्रीको राजीनामा मागेर सरकार गठन गर्न अग्रसरता लिने कांग्रेसको निर्णय

डिसी नेपाल
२० चैत २०७७ २२:३२

काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ।

शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रधानमन्त्रीबाट ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी अग्रसरता लिने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।

दिउँसो २ बजे बोलाइएको बैठक झण्डै ६ घण्टापछि शुरु भएको थियो । पार्टीको आगामी कदमबारे कार्यसमितिका पदाधिकारीहरुबीच अनौपचारिक रुपमा दिउँसो छलफल चलेको थियो । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडललगायत नेताहरूबीच समूहगत रुपमा छलफल भएको थियो।

बैठकमा पार्टीको क्रियाशील सदस्यता विवाद, राप्रपाबाट कांग्रेसका प्रवेश गरेकाहरुलाई क्रियाशील सदस्यता दिने र केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको विकल्पका विषयमा छलफल भएको केन्द्रीय सदस्य पौडेलले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *