कांग्रसको निणय सराहनीय छ : भट्टराई

डिसी नेपाल
२१ चैत २०७७ ११:३६

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले काँग्रेसको निर्णय सराहनीय भएको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा व्यक्त गर्दै भट्टराईले भनेका छन्, ‘कांग्रेसले सरकार ढाल्न खेलेको प्रतिपक्षीय भूमिका सराहनीय छ।’

उनले समाजिक सञ्जालबाट नै अरु दललाई पनि सरकारविरुद्ध उभिन आह्वान गरेका छन्। उनले भनेका छन्, ‘अन्तत÷प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ।अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं।आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकतारप्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है!’

उनले आफ्नो धारणामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भष्मासुरसमेत भनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *