समर्थन फिर्ता लेउ राजीनामा आइहाल्छ : प्रधानमन्त्री ओली

डिसी नेपाल
२१ चैत २०७७ १२:५२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्नेलाई समर्थन फिर्ता लिन चुनौति दिएका छन्। देशभरका १ सय ६५ सडक सञ्जालको सुभारम्भ गर्ने कार्यक्रममा सम्बोधन गर्दै ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौति दिएका हुन्।

प्रधानमन्त्री ओलीले भने, ‘आफूलाई स्थापीत, राष्ट्रको लोकप्रिय, सबैभन्दा बढी विक्ने भन्ने अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैनन्। प्रधानमन्त्रीको राजनीनामा मागियो भन्दै समाचार छाप्छ। राजीनामा त माग्यामाग्यै छन् त । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? हरेक दिन राजीनामा माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, त्यो पनि लिँदैनन्। राजीनामा माग्छन्। राजीनामा त आइहाल्छ नी समर्थन फिर्ता गर न। समर्थन फिर्ता लिदैनन्, राजीनामा माग्छन्।’

‘राष्ट्रपतिले उद्घाटन गर्नु भयो’, उनले अगाडी भने करोडौं लिटर पानी काठमाडौंमा आयो त्यो देख्नदैनन्। मैले कोही एकको बारेमा कुरा गरेको हैन। प्रवितिको बारेमा कुरा गरेको हुँ। दिनै पिच्छे कसैले प्रधानमन्त्रीको राजीनामा माग्यो भने त्यो दैनिक छापिएको हुन्छ।’

साढे ८ करोड लिटर पानी काठमाडौंमा आएको र १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने काम भइरहेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए। उनले तीन वर्षभित्र अर्को ठाउँको पानी पनि काठमाडौंमा ल्याउने गरी सरकार लागेको बताए।

‘मेलम्ची काठमाडौंमा आउने भनेको एउटा युगान्तकारी कुरा हो। तिनीहरुले युगान्तकारी कुरा जनताका माझमा पु¥याउँदैनन्,’ प्रधानमन्त्री ओलीले भने। उनले भगिरथले गंगा ल्याएको सुनाउँदै सरकारले मेलम्ची ल्याएको बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *