फुटबल जगतमा मेस्सी की रोनाल्डो पपुलर ? यस्तो छ नतिजा

डिसी नेपाल
२० साउन २०७५ १३:३४

एजेन्सी । फुटबल जगतमा एक दशक यताकै उत्कृष्ट र लोकप्रिय रहेका दुई गहकिला तारा पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनल मेस्सी मध्येको बढी पपुलर भन्ने बिषयले महत्व राख्ने गर्दछ ।

सामाजिक सञ्चाल देखि फ्यानहरुले आ–आफ्नै रोजाईको पक्ष विपक्षमा वकालत गर्छन । हालै रसिया विश्वकपमा खासै राम्रो प्रर्दशन गर्न नसकेका भनेर यसपालि दुवै स्टारको आलोचना भयो । उनीहरुको उमेरपनि पुग्यो अब केहि गर्न सक्दैनन् भन्ने एक थरिले टिप्पणी गर्ने । यो टिप्पणीले रोनाल्डो र मेस्सीको वेइट घट्ेको कतिलाई लागेको थियो ।

फ्यानहरु घट्ने जनाइएको थियो । तर, हालै गरिएको एक सर्वेक्षणले त्यो विश्लेषण र टिप्पणी लाई गलत सावित गरेको छ । इएसपिएनले विश्वभरबाट भोटिङमार्फत् तथ्यांक संकलन गर्दा १० सर्वा्धिक रुचाइएका फुटबलरहरुको सूचिको पहिलो र दोस्रो स्थानमा क्रमशः रोनाल्डो र मेस्सी परेका हुन् ।

यसैगरी तेस्रोमा फ्रान्स तथा पिएसजीका केलियन एमबाप्पे, चौथोमा क्रोएसिया तथा रियल मड्रिडका लुका मोड्रच, पाँचौमा बेज्लियम तथा चेल्सीका इदेन ह्याजार्ड, छैठौंमा फ्रान्स तथा एथ्लेटिको मड्रिडका एन्टोनी ग्रीजम्यान, सातौमा इंगल्याण्ड तथा टोटेनह्यामा ह्यारी केन, आठौंमा ब्राजिल तथा पिएसजीका नेमार, नवौंमा बेल्जियम तथा म्यानचेस्टर सिटीका केभिन डि ब्रुन र दशौंमा फ्रान्स तथा म्यान यूका पल पोग्बा सर्वा्धिक रुचाइएका खेलाडीको सूचिमा छन् ।

इएसपिएनले अन्य खेलाडीहरुको विश्वकप प्रदर्शनले समर्थकहरुमा प्रभाव पारेपनि रोनाल्डो र मेस्सीमा त्यस प्रभाव नदेखिएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *