कांग्रेसको अस्पष्ट रणनीतिः प्रधानमन्त्रीलाई अप्ठ्यारो नपारी असन्तुष्ट एमालेलाई खुसी पार्दै

डिसी नेपाल
२२ चैत २०७७ १०:१८

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने निर्णय गरेसँगै मुलुकको राजनीतिक फरक ढंगले अघि बढ्ने विश्लेषण हुन थालेको छ।

विशेष गरी सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिने, त्यसो नभए सरकारले विश्वासको मत लिनुपर्ने बताउँदै आएको माओवादी केन्द्रले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन।

सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्न आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक पनि अनिश्चितकालसम्मका लागि स्थगित भएको छ।

योसँगै प्रतिनिसिभा पुनःस्थापनाको औचित्य पुष्टि हुन नसकेको विश्लेषण हुन थालेको छ। कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने औपचारिक निर्णय गरे पनि प्रधानमन्त्री ओलीले राजीनामा नदिए के गर्ने भन्ने विषयमा ठोस निर्णय गर्न सकेको छैन।

कांग्रेसले ओली सरकारप्रति नरम नीति लिएको भन्नेहरुलाई जवाफ दिएपनि कांग्रेस अझै पनि वर्तमान सरकारको विकल्पमा स्पष्ट रुपमा नदेखिएको ती नेताको बुझाइ छ। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र अर्को दल जसपाको एउटा समूह ओलीसँग सहमति गर्न तयारी अवस्थामा रहेका कारण तत्काल वर्तमान सरकारको विकल्पमा नयाँ सरकार गठन हुने संभावना नरहेको राजनीतिक विश्लेषकहरु बताउँछन्।

‘कांग्रेसको अहिलेको निर्णय ओली र ओली इतर समूहलाई खुशी पार्नका लागि मात्रै गरेको हो,’ नाम उल्लेख नगर्ने शर्तमा कांग्रेसका एक नेताले भने, ‘प्रधानमन्त्रीको राजीनामा धेरै पहिलादेखि मागिएको हो। अहिले औपचारिक निर्णय गरेपछि ओली इतरको समूहपनि कांग्रेससँग खुशी भएको छ। कांग्रेसको निर्णयले प्रधानमन्त्री ओलीलाई पनि कुनै अप्ठेरो हुँदैन।’

कांग्रेसले ओली सरकारप्रति नरम नीति लिएको भन्नेहरुलाई जवाफ दिएपनि कांग्रेस अझै पनि वर्तमान सरकारको विकल्पमा स्पष्ट रुपमा नदेखिएको ती नेताको बुझाइ छ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र अर्को दल जसपाको एउटा समूह ओलीसँग सहमति गर्न तयारी अवस्थामा रहेका कारण तत्काल वर्तमान सरकारको विकल्पमा नयाँ सरकार गठन हुने संभावना नरहेको राजनीतिक विश्लेषकहरु बताउँछन्।

शनिबार प्रधानमन्त्री ओलीले माओवादीले समर्थन फिर्ता लिए आफूले राजीनामा दिने बताएका थिए। नयाँ सरकार गठन गर्न १३८ सिट चाहिन्छ। कांग्रेस, माओवादी र जसपा मिल्दा १४१ सिट हुन्छ।

जुन बहुमतको सरकार गठन गर्न पर्याप्त सिट हो। तर जसपाभित्र नयाँ सरकार गठनका विषयमा विवाद छ। पूर्व राजपा समूह वर्तमान सरकारकै निरन्तरताका पक्षमा छ भने पूर्व समाजवादी नयाँ सरकार गठनको पक्षमा छ। जसपाभित्र विवाद कायमै रहे नयाँ सरकार गठन गर्न बहुमत पुग्दैन।

विभिन्न मुद्दा अघि सार्दै संविधान संशोधनका लागि लामो समयदेखि आवाज उठाउँदै आएको जसपाले संविधान संशोधनका लागि दर्ता गरेको प्रस्ताव अहिले पनि विचाराधीन अवस्थामा छ।

तत्कालीन समयमा नेपाली कांग्रेस र माओवादी केन्द्रको समर्थनमा जसपाले संशोधनको प्रस्ताव दर्ता गराएको थियो। कसलाई समर्थन गर्ने भन्नेमा अहिले जसपाभित्र पनि दुई धार देखिएका छन्। तर, संशोधनको मुद्दा सफल बनाउन ओलीलाई सहयोग गर्नुपर्छ भन्ने मत बलियो छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *