व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि बोर्डले सहयोग गर्ने

डिसी नेपाल
२३ चैत २०७७ १०:५९

काठमाडौं। नेपाल पर्यटन बोर्डले देशैभरीका होटल व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने भएको छ।

पर्यटन बोर्ड र होटल व्यवसायी महासंघको आयोजनामा काठमाडौमा आयोजना गरिएको दुई दिने हस्पिटालिटी म्याजनेजमेन्ट सम्बन्धी २ दिने तालिमको समापनमा अवसरमा बोल्दै बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पर्यटन विकासका लागि व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि बोर्डले सहयोग गर्ने बताए।

कोभिड–१९का कारण तत्कालै अन्तर्राष्ट्रिय पर्यटक आउने अवस्था अझै बनिनसकेको अवस्थामा आन्तरिक पर्यटन आवश्यक रहेको र त्यसको लागि साना तथा मझौला होटल व्यवसायीहरुले होटलहरूको स्तरिकरण र व्यवसायीहरुको क्षमता अभिवृद्धिलाई जोड दिनु पर्ने बताए।

सात प्रदेश ७७ जिल्लाका १२० जना व्यवसायी सहभागी तालिममा व्यवसायीहरूले रोजगारी सिर्जना आन्तरिक पर्यटनमा साना तथा मझौला होटल व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेपनि राज्यले साना व्यवसायीहरूलाई सोही अनुरुप सहयोग गर्न नसकेको गुनासो गरे।

कार्यक्रममा महासंघका अध्यक्ष हिराध्यव शाहले देशभरी करिब ८१ हजार साना तथा मझौला होटलहरू रहेको र आन्तरिक पर्यटनमा यिनै होटलहरूको भूमिका महत्वपूर्ण हुने बताए।

उनले आफूहरू होटलको गुणस्तर तथा व्यवसायीहरूको क्षमता अभिवृद्धिका तयार रहेको र राज्यले समेत त्यसका लागि सहयोग गर्नु पर्ने बताए। होटल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अमृत भुजेलले कोभिड–१९ महामारीका समयमा महासंघ अन्तरगतका होटलहरूले राज्यलाई अग्रपंक्तिमा रहेर सहयोग गरेको जानकार दिँदै होटलहरूको क्ष्मता अभिवृद्धिका लागि राज्यको थप लगानीको आवश्यक रहको बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशलाल चुकेले यस प्रकारका तालिमलाई देशव्यापी बनाउन आवश्यक रहेको र बोर्डले सहयोग गरेमा आफहरूले यसलाई सातै प्रदेशमा लैजाने बताए।

महासंघका महासचिव बिरमञ्जन बटालाले दुई दिने तालिमबाट पनि व्यवसायीहरुले धेरै शद्धान्तिक र व्यवहारिक ज्ञान लिन सकको बताउँदै क्षमता अभिवृद्धिका यस्ता कार्यक्रमले गुणस्तरमा सुधार आउने बताए।

सहभागीहरुलाई पर्यटन मन्त्रालयका सहसचिव प्रदिपकुमार कोईराला, पर्यटन बोडका प्रबन्धक सुमन घिमिरे, पर्यटन विज्ञ सूर्यकिरण श्रेष्ठ, रपेश श्रेष्ठ लगायतले तालिम दिएको महासंघका सचिव शंकर भण्डारीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *