कुमार केसीद्धारा निर्देशित चलचित्र ‘अनुग्रह’ कात्तिक ३० गतेदेखि प्रर्दशनमा आउने

डिसी नेपाल
२५ कार्तिक २०७५ १:४५

काठमाडौं। ‘अनुग्रह’ कात्तिक ३० गते देखि देशभर प्रर्दशनमा आउँदै छ। कुमार केसीको निर्देशनमा रहेको यस चलचित्रमा नायकको रुपमा रोहन सेन्च्युरी र नायिकामा आरती गुप्ता तथा दिपशिखा सिलवाल रहेका छन्। अन्य कलाकारहरुमा सञ्जय न्यौपाने, सुवास मेचे, राजन गिरी र बालकलाकारमा कृष्टीना सेन्च्युरी रहेकी छिन्।

केही वर्ष अघि चलचित्र ‘क्षितिज पारीको मायालु’बाट डेव्यु गरेका नायक सेन्च्युरी यस चलचित्रबाट जम्ने तरखरमा छन्। नायिका सिलवालको यो डेव्यु चलचित्र हो।

लक्ष्मी वैङकवेटस सिने मेकर्स प्रालि र अनुग्रह फिल्म्स् प्रालिको व्यानरमा निमार्ण गरीएको यस चलचित्रमा करीब १ करोड लगानी गरिएको छ। चलचित्रको निर्माता सन्तोष खवास हुन्। उनी यस चलचित्रमा दन्द्व निर्देशकका रुपमा समेत छन्। चलचित्रको कथालाई नायक सेन्च्युरी स्वयमले लेखेका हुन्।

सामाजिक विषयवस्तुलाई आधार बनाएर निमार्ण गरिएको यस चलचित्रमा माया, प्रेम र यस विचमा आउने विभिन्न आरोह, अवरोहको समिश्रण रहको चलचित्र युनिटले जनाएको छ।

चलचित्रको सह निर्माता ज्ञानेन्द्र गिरी, ड्रोकास विश्वा तथा सह निर्देशक राजु दोङ हुन्। विक्रम डिसीको छायाङ्नमा तयार पारिएको चलचित्र ‘अनुग्रह’ एउटा राम्रो चलचित्रकोरुपमा हेरिएको छ। चलचित्रमा चारवटा गीतहरु समावेश गरीएका छन्।

गीतमा गायक कमल रसाईली र किरण विमलीे तथा गायिका कविता शिवाकोटी र अनिसा मैनालीले स्वर छ। चलचित्रको गीतहरुमा स्वर्गीय दोषी नविन सुव्वाको शव्द संगीत रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *