संघीयता र धर्म निरपेक्षताको जनमतसंग्रहबारे विवेकशील साझाले आगामी महाधिवेशनबाट टुंगो लगाउने

डिसी नेपाल
२३ चैत २०७७ १६:३१

काठमाडौं। विवकेशील साझा पार्टीले विवादित विषय संघीयता र धर्म निरपेक्षताको टुंगो आगामी महाधिवेशनबाट लगाउने भएको छ। सोमबार पार्टी कार्यलय बखुण्डोलमा आयोजित पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष रविन्द्र मिश्रले पछिल्लो समय पार्टी नयाँ शिराबाट अगाडि बढेकोले यी विषयको टुंगो आगामी महाधिवेशनबाट हुने बताएका हुन्।

यस्तै पार्टीले अहिले राजनीतिक संकट निम्तिएको भन्दै तत्काल प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्नु पर्ने बताएको छ। संविधानमा व्यवस्था भएबमोजिम वैकल्पीक सरकार बन्नु पर्ने यदि त्यसो हुन नसके निर्वाचनमा जान सकिने पार्टीले जनाएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले पार्टीलाई देशब्यापी बिस्तार गर्दै सुदृढ, सशक्त र फरक धारको शक्तिका रुपमा स्थापित गर्ने कार्यमा उल्लेखनयि काम भएको बताए। बीचमा पार्टी केही दुर्घटनामा परे पनि विगत ४ वर्षमा ठूलो उपलब्धी हासिल गरेको बताए।

उनले अहिलेका शासन सत्तामा बस्नेहरुले कुनै कालखण्डमा अतुलनीय योगदान गरेपनि व्यक्तिगत आचरणकै कारण अहिलेको राजनीति दुर्गन्धीत भएको बताए। थुप्रै व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिर्वतन हुन नसकेको बताउँदै उनले विवेकशील साझा आम जनताको अवस्था परिर्वतन गर्ने ध्येयमा लागि परेको बताए।

अहिले सरकारले जनतामाथि विभेद गरेको बताउँदै उनले सार्वजनिक शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय र निशुल्क गर्न अतिआवश्यक रहेको बताए।

कार्यक्रममा बोल्दै संयोजक मिलन पाण्डेले निर्वाचनमा सहभागी सबैले चुनाव चिन्ह पाउनु पर्ने बताए। उनले आगामी निर्वाचनमा पार्टीले थेस्र होल्ड पास गर्ने विश्वास समेत व्यक्त गरे।

यस्तै अहिले भइरहेको विकास कनिका छर्ने जस्तो भएको भन्दै पार्टीले अर्थतन्त्रलाई उद्येलित गर्ने गरी आर्थिक विकास आवश्यक रहेको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *