भारतले सीमा मिचेको विषयमा सँयुक्तरुपमा अध्ययन गरिँदै

डिसी नेपाल
२३ चैत २०७७ १६:४५

काठमाडौं। दार्चुलामा भारतले सीमा मिचेको विषयमा नेपाल र भारतले सँयुक्तरुपमा अध्ययन गर्ने भएका छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै दार्चुलामा सीमा मिचिएको विषयमा भारत र नेपालले सँयुक्तरुपमा अध्ययन गर्ने जानकारी दिएका छन्।

दार्चुलामा नेपाल–भारत सीमामा महाकाली नदीमा भारतले नेपाली भूमि मिचेर सीमा सुरक्षा पर्खाल बनाएको रिपोर्टिङ भएको विषयमा नेपाली सेना, सशस्त्र प्रहरी, नापी शाखा र जिल्ला प्रशासन दार्चुलाले स्थलगत अध्ययन गरी दुईदेशका प्रतिनिधिहरुले उच्चस्तरीय अध्ययन गर्न सुझवा दिएको भन्दै सो सुझाव अनुसार दुई देशका प्रतिनिधिहरुले सँयुक्त अध्ययन गर्ने बताए।

मन्त्री ज्ञवालीले भने, ‘जिल्लाबाट आएको सुझावअनुसार सँयुक्त अध्ययनका लागि हामीले भारतसाग पटक पटक पत्राचार गरेका छौं। यही १२ अप्रिलबाट दुई देशका प्रतिनिधिहरुले सँयुक्त रुपमा अध्ययन शुरु गर्छन्।’

मन्त्री ज्ञवालीले संसदलाई सम्बोधन गर्दै म्यानमारको घटनाक्रमबारे पनि नेपाल सरकारको धारणा व्यक्त गरेका छन्। उनले कू भएकै दिन पनि नेपालले आफ्नो धारणा सार्वजनिक गरेको भन्दै पछिल्ला दिनहरुमा भएको हिंसाप्रति नेपालको चासो रहेको बताए। उनले नेपालसँधै लोकतन्त्रका पक्षमा उभिएको र उभिने बताए।

मन्त्री ज्ञवालीले संसदलाई हालै राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशको राजकीय भ्रमण गरेको विषयमा पनि जानकारी गराएका छन्। उनले राष्ट्रपतिको भ्रमणका क्रममा विभिन्न ४ वटा सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए। उनका अनुसार व्यापार तथा पारवहन, पर्यटन, जलवायु परिवर्तन र पर्यटनका विषयमा सम्झौता भएको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *