एमाले प्रवेश गरेका माओवादीका ४ सांसदको पद खारेज गर्न सिफारिस

डिसी नेपाल
२४ चैत २०७७ १५:५५

काठमाडौं। नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका चारजना प्रतिनिधिसभा सांसदको पद खारेज गर्न माओवादी केन्द्रले पक्रिया शुरु गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार चारजना सांसदले दल त्याग गरेको जानकारी संसद सचिवलायलाई दिएका छन्।

कैलालीबाट निर्वाचित सांसद लेखराज भट्ट र गौरीशकर चौधरी, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी र रौतहटबाट निर्वाचित प्रभु साहले दल त्याग गरेको भन्दै उनीहरुको पद खारेजका लागि माओवादी केन्द्रले संसद सचिवलायलाई जानकारी गराएको हो।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसदले दल त्याग गरेमा उनीहरुको पद रिक्त हुने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार ४ जनाको पद खारेजका लागि माओवादी केन्द्रले कारबाही गरेको हो।

चारैजना नेताहरु हाल मन्त्री छन्। लेखराज भट्ट उद्योग बाणिज्यमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, गौरीशंकर चौधरी श्रम तथा सामाजिक सुरक्षामन्त्री र प्रभु साह सहरी विकासमन्त्री छन्। उनीहरु २०७४ को आम निर्वाचनमा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा विजयी भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *