पाटेबाघको अस्थिपञ्जर फेला

डिसी नेपाल
२६ चैत २०७७ १८:१३

नवलपुर । राष्ट्रिय गैँडा गणनाका क्रममा नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको छ । गैँडा गणनाका क्रममा आज दिउँसो चितवनको भरतपुर–१६ स्थित सेतीदेवी सामुदायिक वनमा पर्ने नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको हो ।

पाटेबाघको अस्थिपञ्जर फेला परेपछि डिभिजन वन कार्यालयको टोलीले मुचुल्का उठाएर अस्थिपञ्जर लिएर आएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । सडेको अवस्थामा फेला परेको भए पनि खप्परको स्वरुपको आधारमा पाटेबाघ भएको पहिचान गरिएको भन्दै खनालले यसबारे थप जानकारी अनुसन्धानपछि मात्रै थाहा हुने बताए । अस्थिपञ्जरको अनुसन्धानपछि मात्रै बाघको लिङ्ग र उमेरबारे भन्न सकिने खनालको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *