कांग्रेस पदाधिकारी बैठक : प्राथमिकतामा महाधिवेशन कि सत्ता समीकरण ?

डिसी नेपाल
२९ चैत २०७७ ११:२३

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ।

दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आगामी १४ औं महाधिवेशनको प्राविधिक विषयमा छलफल हुने बताइएको छ। यद्यपी नयाँ सत्ता समिकरणका विषयमा पनि बैठकमा छलफल हुनेछ।

नयाँ सरकार समीकरणको नेतृत्व लिने निर्णय गरेको नेपाली कांग्रेसले शुक्रवार माओवादी केन्द्र र जसपासँग गरेको छलफल बिना निष्कर्ष टुङ्गिएको थियो।

नयाँ सरकार गठनको मियोको रुपमा देखिएको जसपाका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको निकटता बढेसँगै भावी सत्ता सहयात्राको लागी कांग्रेसलाई कठिन देखिकोे छ। त्यसैले पनि आजको काँग्रेस पदाधिकारी बैठकले के निर्णय लिन्छ चासोको रुपमा हेरिएको छ।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले पदाधिकारी बैठकमा १४ औं महाधिवेशनको प्राविधि विषयमा छलफल जानकारी दिए। नेपाली कांग्रेस कृयाशील छानविन समितिले चैत १० गते भित्र सबै जिल्लाहरुको सूची पठाउने निर्णय गरे पनि ५० प्रतिशत पनि नआएपछि समय थप गरेर बैसाखको पहिलो साता सम्मको पुन मिति तोकिएको छ।

नयाँ सरकार समीकरणको नेतृत्वदेखि भदौमा गर्नै पर्ने महाधिवेशनको चटारोमा परेको नेपाली कांग्रेस आज बस्ने पदाधिकारी बैठकले केही निकाश खोज्ने सहमहामन्त्री महतले बताए।

संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ अनुसार पाँच वर्षभित्र दलले आफ्नो महाधिवेशन समयमा गर्न नसकेमा ६ महिना समय थप्न सक्ने प्रावधान टेकेर कांग्रेसले बर्तमान कार्यसमितिको कार्यकाल भदौसम्मका लागि थप गरेको छ। अब २०७८ भदौ ७ देखि १० गतेसम्म तय भएको कांग्रेस हाधिवेशन सम्पन्न गर्नु पर्ने बाध्यता छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *