श्रीदेवी विना बोनी कपुरले मनाए आफ्नो जन्मदिन

डिसी नेपाल
२५ कार्तिक २०७५ १२:०८

एजेन्सी। निर्माता निर्देशक बोनी कपुरले आइतबार आफ्नो ६३ औं जन्म दिन मनाएका छन्। श्रीमती श्रीदेवीको अनुपस्थितिमा जन्म दिन मनाएको बोनीले यो पहिलो पटक भएको भारतीय संचारमाध्यमले जनाएका छन्। छोरी जान्ह्वी–खुशीले आधी रातमा कपुर परिवासँग बुवाको जन्म दिन मनाएका छन्। बुवाको जन्म दिनमा छोरा अर्जुन कपुर निकै भावुक भए। उनले आफ्नो इन्स्टाग्राममा बुवाको फोटो शेयर गर्दै म्यासेज पनि लेखेका छन्।
आफ्ना दाजुको जन्म दिनमा अनिल कपुर र उनको परिवार नै अनुपस्थिति थियो। अनिल आफ्नो परिवारसहित यतिबेला लन्डनमा छन्। उनी लन्डन दिपावली मनाउन गएका थिए र अहिलेसम्म फर्किएका छैनन्। ‘U made a film Called #MrIndia the film had a very relevant line ‘Zindagi ki yahi Reet hai haar ke baad hi jeet hai ‘ after the bad, comes the good dad Happy birthday have a lifetime full of happiness from ur family ur 3 kids and @khushi05k the legend & ur Favourite child !!!.’.

बोनी कपुरले १९८३ मा मोना शौरीसँग विवाह गरेका थिए। मोनातर्फबाट दुई सन्तान छन् अर्जुन कपुर र अंशुला कपुर। मोनासँग विवाह गरेको १३ वर्षपछि सम्बन्ध विच्छेद गरेर बोनीले श्रीदेवीसँग १९९६ मा विवाह गरेका थिए। श्रीदेवीबाट बोनीका दुई छोरी जान्ह्वी र खुशी छन्। मोना र श्रीदेवी दुवैको निधन भइसकेको छ।

बोनीले हम पाँच, वो ७ दिन। मिस्टर इण्डिा, रात, द्रोही, रुप की रानी चोरों का राजा, कोई मेरे दिल से पुछे, कम्पनी, शक्ति, खुशी, प्रेम, लोफर, जुदाइ, सिर्फ तुम, पुकार, हमारा दिल आप के पास है जस्ता कयौं फिल्म बनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *