यी ५ फिल्म ! जसलाई अश्लीलता भन्दै सेन्सर बोर्डले लगाएको थियो पूरै फिल्मलाई नै प्रतिबन्ध

डिसी नेपाल
२५ कार्तिक २०७५ १३:५६

एजेन्सी। कुनै पनि फिल्म रिलिज गर्नुभन्दा पहिले सबैभन्दा ठूलो काम हुन्छ त्यसलाई सेन्सर बोर्डबाट पास गराउनु । कैयौं फिल्म हेर्नेबित्तिकै सेन्सर बोर्डले यसलाई अनुमति दिन्छ । तर, कहिलेकाहीँ भने फिल्मका धेरै दृश्यहरु काटिन्छ । कहिलेकाहीँ त यतिसम्म हुन्छ कि सेन्सर बोर्डले पूरै फिल्मलाई नै प्रतिबन्ध लगाइदिन्छ । यस्तो अवस्थामा दर्शकसम्म आफ्नो फिल्म पुर्याउनका लागि निर्माण पक्षले युट्युब वा यस्तै सामाजिक संजालको सहारा लिन्छन् । आउनुहोस् कुरा गरौं यस्तै ५ फिल्मको ।

१. कामसूत्र थ्रीडीः रुपेश पलले निर्देशन गरेको यो फिल्म २०३ मा रिलिज हुनुपर्ने थियो । तर, फिल्मम ठूलो परिमाणमा कामुक दृश्य भएका कारण सेन्सर बोर्डले यसलाई प्रतिबन्ध लगाइदियो । सेन्सर बोर्डका अनुसार यो फिल्म अश्लील र अनैतिक थियो । यो फिल्म युट्युबमा मात्र समेटियो ।

२. अनफ्रिडमः बलिउडमा समलिंगी सम्बन्धमा आधारित फिल्म बनिरहे पनि सेन्सर बोर्डले भने हरेक फिल्मलाई महत्व दिएको छैन । सेन्सर बोर्डले यो फिल्मलाई यसकारण रोकिराखेको छ किनकि यो फिल्म दुई युवतीको सम्बन्धमा आधारित छ । फिल्ममा यति संवेदनशील दृश्य छन् कि यसलाई परिवारसँग बसेर हेर्न सकिन्न । तर, यो फिल्म युट्युबमा भने हेर्न सकिन्छ । फिल्मलाई राज अमित कुमारले निर्देशन गरेका हुन् । २०१४ मा बनेको यो फिल्मलाई सेन्सर बोर्डले प्रतिबन्ध लगाएको छ ।

उर्फ प्रोफेसरः प्रकज आडवाणीको फिल्म उर्फ प्रोफेसर पनि आफ्नो अत्याधिक कामुक दृश्य र खराब भाषाका कारण प्रतिबन्धित भइसकेको छ । फिल्ममा मनोज पाहवा, अन्तरा माली र शर्मन जोशीले काम गरेका थिए । फिल्म २०० मा रिलिज हुनुपर्ने थियो ।

सिन्सः यो फिल्म एक क्रिस्चियन पादरीको कथा थियो जसको एक महिलासँग प्रेम हुन्छ । फिल्ममा कैयौं नग्न दृश्यहरु पनि छन् । यो फिल्मको विषयवस्तुलाई लिएरइसाइ धर्ममा कैयौं विवाद पनि भएको थियो । त्यसपछि सेन्सर बोर्डले यो फिल्ममाथि प्रतिबनध लगाउने निर्णय गरेको थियो । फिल्म युट्युबमा हेर्न सकिन्छ ।

पाँचः अनुराग कश्यपद्वारा निर्देशित फिल्म पाँचलाई पनि सेन्सर बोर्डले प्रतिबन्ध लगाएको छ । यो फिल्म २००३ मा रिलिज हुनुपर्ने थियो । सेन्सर बोर्डले यो फिल्मलाई समाजको लागि खतरा भनेको थियो । केके मेनन, आदित्य श्रीवास्तव, विजय मौर्या, तेजस्विनी कोल्हापुरी रहेको यो फिल्म क्राइम एडल्ट फिल्म हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *