मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेकालाई गराउन आयोगको अनुरोध
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली ऐन, २०७३ बमोजिम तोकिएको योग्यता पुरा भएकका तर नाम दर्ता गर्न बाँकी रहेकाहरुलाई जिल्ला निर्वाचन कार्यालयमा गएर दर्ता गराउन अनुरोध गरेको छ ।
आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै मुलुकका ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावली संकलन भइरहेकाले मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको हो ।
आयोगले सर्वसाधारण नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि आवश्यक मात्रामा सहजीकरण गरिदिन जिल्लास्थित राजनीतिक दलका संगठन र प्रतिनिधिहरुलाई आग्रह गरेको छ ।
प्रतिक्रिया
Facebook Comment