नयाँ वर्ष लागेसँगै सुनको मूल्य उकालो लाग्यो

डिसी नेपाल
३ वैशाख २०७८ १३:०५

काठडमाडौं। नयाँ वर्ष लागेसँगै सुनचाँदीको मूल्य लगातार उकालो लाग्न थालेको छ। साताको कारोबारोको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेको छ। यो सँगै छापावाला सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि बुधबार र बिहीबार पनि सुनको मूल्य बढेको थियो। समग्रमा यो सातामा सुन तोलामा ६ सय रुपैयाँले बढेको छ।

यस्तै शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा किनबेच भइरहेको छ।

शुक्रबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ।  यस दिन चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *