सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने, ‘संसदमा सभामुखले अराजक काम गरेका छन्’

डिसी नेपाल
४ वैशाख २०७८ १२:५६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखले संसदमा अनैतिक र अराजक काम गरेको बताएका छन्। बालुवाटारको बैठक सकिएपछि पत्रकारहरुसँग प्रधानमन्त्रीलाई उद्धृत गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहोनीले उक्त कुरा बताएका हुन्।

पत्रकारसँगको कुराकानीमा लोहोनीले भने, ‘राजनीतिक छलफलमा सभामुखले काम गर्न नदिएको, अराजक र अनैतिक काम गरेको भन्नु भयो। उहाँको शब्दहरु यि नै थिए।’

प्रधानमन्त्री ओलीले कोरोनाको बारेमा पनि छलफल गरेको नेता लोहोनीले बताए। लोहोनीले भने, ‘कोरोनाको बारेमा पनि कुरा उठाउनु भएको थियो। सरकारको तर्फबाट गर्ने कुराहरुको बारेमा लिस्ट नै बनाएर सुनायौं।’ जहासम्म सरकार र संसदको कुरा छ त्यो प्रधानमन्त्री आफू पनि त्यो बारमो विज्ञ हुनुहुन्छ मिलाउनुहोस् भनेर भनेको नेता लोहोनीले बताए।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल सहभागी छन्। त्यस्तै, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायत कांग्रेसबाट रामचन्द्र पौडेल र बालकृष्ण खाँड बैठकमा सहभागि थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल सहभागि नभएको बैठकमा जसपाका नेताहरु महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण सहभागी थिए। यस्तै, राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवाल बैठकमा सहभागी भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *