नेपाल र कतार सरकारबीच हुने भनिएको श्रम सम्झौता रद्द

डिसी नेपाल
५ वैशाख २०७८ १०:४९

काठमाडौं । गत फागुन अन्तिम हप्ता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशकंर चौधरीले नेपाल र कतार सरकारबीच चाँडै श्रम सम्झौता हुने जानकारी गराएका थिए ।

मन्त्री चौधरीले कतारमा अब हुने विश्वकप फुटबलको लागि सुरक्षागार्ड र स्वयंसेवक आवश्यक पर्ने भएकाले सरकारी संयन्त्र (जिटुजी)मार्फत नेपालबाट आवश्यक श्रमिक कसरी लैजान सकिन्छ भनेर छलफल भइरहेको बताएका थिए ।

त्यसबेला उनले पुरानो श्रम सम्झौतासमेत संसोधन गर्न सकिने बताएका थिए । तर, श्रोतका अनुसार अहिले कतार सरकारले उक्त सम्झौता रद्द गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *