कर्णालीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
काठमाडौं। कर्णाली प्रदेशका तीनजना नवनियुक्त मन्त्रीहरुले आइतबार शपथ ग्रहण गरेका छन्। प्रदेशसभाबाट विश्वासको मत लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमालेबाट फ्लोर क्रस गर्ने तीनजनालाई शनिबार मन्त्री नियुक्त गरेका थिए।
उनीहरुलाई आइतबार प्रदेश प्रमुख गोविन्द कलौनीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। नन्दसिंह बुण भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, अमरबहादुर थापा भौतिक पूर्वाधार तथा विकास मन्त्री र कुर्मराज शाही उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्। यी तीनै जनाले एमालेमा विद्रोह गर्दै माओवादी केन्द्र नेतृत्वको सरकारलाई सघाएका थिए।
प्रतिक्रिया
Facebook Comment