वैशाखभरी शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

डिसी नेपाल
६ वैशाख २०७८ १०:२६

काठमाडौं। सरकारले वैशाखभरी शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्। यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन गर्न सरकारले आजै राजपत्रमा सूचना प्रकाशित गर्नेछ।

मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी गरेको मन्त्री तुम्बाहाङफेले जानकारी दिइन्।

बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *