राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन अन्त्य

डिसी नेपाल
६ वैशाख २०७८ ११:३३

काठमाडौं। प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन्। साेमबार विहान बसेकाे मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाकाे चालु अधिवेशन अन्त्य गर्ने राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे थियाे।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ।

पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरु भएको थियो।

त्यसअघि नै प्रि–बजेटमाथि छलफल र नीति तथा कार्यक्रम ल्याउनु पर्ने भएकाले केही दिनभित्रै संसदको बजेट अधिवेशन आह्वान गर्नु पर्ने भएकाले संसदको चालु अधिवेशन अन्त्यअन्त्य गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *