नदीमा हरायो स्वयंवरको औंठी, अपरिचित व्यक्तिले खोजेर ल्याइदिए

डिसी नेपाल
६ वैशाख २०७८ ११:५१

काठमाडौं। एउटा निकै रोचक घटना भएको छ । एक व्यक्तिको स्वयंवरको सुनको औंठी नदीमा हरायो । त्यो औंठी अर्का एक व्यक्तिले फेला पारे । औंठी फेला पार्ने व्यक्तिलाई त्यो औंठी कसको हो भन्ने थाहा थिएन । त्यसपछि एउटा गजबको उपाय अपनाएर त्यो औंठी त्यसको सही मालिककहाँ पठाइयो । घटना अमेरिकाको क्यालिफोर्नियाको हो ।

केही दिन पहिले एडम पापिनी नामका एक व्यक्तिको औंठी नदीमा हराएको थियो । न्यूजवीकमा प्रकाशित समाचार अनुसार पापिनीको औंठी नदीमा पौडी खेल्ने क्रममा हराएको थियो । निकै खोजी गर्दा पनि उनले औंठी फेला पार्न सकेनन् । केही दिनपछि पेशेवर गोताखोर कार्ल ब्लाइ नामका व्यक्तिले नदीभित्र त्यो औंठी फेला पारे । तर, कार्य ब्लाइलाई यो औंठी कसको हो भन्ने थाहा थिएन ।

त्यसपछि उनले एउटा तरिका निकाले । उनले एउटा भिडियो बनाए र फेसबुकमा पोस्ट गरे । आफ्नो पोस्टमा उनले लेखेका थिए ‘मैले यो औंठी नदीमा फेला पारेको हुँ । मलाई थाहा छैन कि यसको मालिक को हो ? कृपया यसको मालिक खोज्न मलाई सहयोग गर्नुहोस् ।’ कार्ल ब्लाइको यो पोस्टलाई फेसबुक प्रयोगकर्ताहरुले निकै शेयर गरे । अन्ततः यो औंठी यसको वास्तविक मालिककहाँ पुग्यो ।

औंठीका मालिक पापिनीले आफूलाई यो औंठी निकै प्रिय भएको बताएका छन् । उनले आफ्नो यो प्रिय औंठी आफ्ना आउने सन्ततीको लागि बचाएर राख्न चाहन्छन् । अमेरिकन रिभर लस्ट एण्ड फाउण्डको फेसबुक पेजमा पनि यो घटनाको भिडियो र फोटोहरु शेयर गरिएका छन् । पोस्टमा पापिनीको हराएको औंठी कसरी भेटियो र यो औंठी उनीसम्म कसरी पुर्याइयो भन्ने बारेमा पनि विस्तारमा लेखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *