माया शेर्पासहितको ६ नेपाली महिलाले अन्नपूर्ण शिखर

डिसी नेपाल
७ वैशाख २०७८ १२:२०

काठमाडौं। नेपाल माउन्ट एसोशिएनकी द्वितीय उपाध्यक्ष माया शेर्पासहित ६ नेपाली महिलाले अन्नपूर्ण हिमाल आरोहण गरी इतिहास रचेका छन्। उनीहरु ६ जनाले शुक्रबार एकै पटक अन्नपूर्ण हिमाल आरोहण गरी इतिहास रचेका हुन्।

नेपाल माउन्ट एसोशिएनकी द्वितीय उपाध्यक्ष माया शेर्पा, पत्रकार पूर्णिमा श्रेष्ठ, पहिलो अन्तर्राष्ट्रिय माउण्टेन गाइड दावा याङजुम शेर्पा, एभरेष्ट केटु समिटर पासाङ ल्हामु शेर्पा अकिता, मिस शेर्पा २०१८ का विजेता दावा फुटी शेर्पा र आरोही शर्मिला स्याङतेन तामाङसहितको टोलीले अन्नपूर्ण हिमाल आरोहण गरेकोे टोलीमा सहभागी लायन्स क्लब अफ नेपाल शेभ हिमालयका सदस्य तथा आरोही ल्हाक्पा देण्डी शेर्पाले डिसी नेपाललाई जानकारी दिए।

यस वर्षको स्प्रिङ सिजनमा अन्नपूर्ण हिमाल (८०९१ मिटर) आरोहण गर्ने उनीहरु पहिलो हुन्। यसअघि एकै पटक पाँच जना महिलाले एकै पटक अन्नपूर्ण हिमाल आरोहण गरेका थिएनन्।

अन्नपूर्ण बेसक्यामबाट छ दिनको यात्रासँगै अप्रिल १६ तारिख ९२०७८ वैशाख ३ गते० चुचरोमा टोली पुगेको थियो। अप्रिल १६ तारिखमा छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्णको सफल आरोहण भएको शेर्पाले बताए।

सेभेन समिट ट्रेकबाट आरोहणका लागि गएको १७ जनाको टोलीमा १५ जनाले सफल आरोहण गरेको जनाइएको छ। श्रेष्ठसहितको टोलीले वैशाख ३ गते शुक्रबार बिहान १ः१५ बजे अन्नपूर्णको चुचुरोमा पुगेका शेर्पाले जानकारी दिए।

राससका अनुसार सेभेन समिट ट्रेकबाट आरोहणका लागि गएको १७ जनाको टोलीमा १५ जनाले सफल आरोहण गरेको जनाइएको छ । श्रेष्ठसहितको टोलीले वैशाख ३ गते शुक्रबार बिहान १ः१५ बजे अन्नपूर्णको चुचुरोमा पुगेका शेर्पाले जानकारी दिए ।

श्रेष्ठका अनुसार बेसक्यापदेखि छ दिनको यात्रामा अन्नपूर्ण हिमालको चुचुरोमा पुग्दा धेरै खतरा र जोखिम टोलीले मोलेको थियो । खाना, अक्सिजन, डोरीलगायतका सामग्री हेलिकोप्टरबाट मगाएर आरोहण गर्न टोली सफल भएको उनको भनाइ छ ।

सुन्दर ठाउँमा अवस्थित अन्नपूर्र्ण हिमालको बेसक्यापसम्म सरकारलगायतको लगानीमा होटल, सार्वजनिक ठाटी, टहरा, बनाउन शेर्पाले आग्रह गरे ।

फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुइ म्याकेननले ७० वर्ष पहिले अन्नपूर्ण चुचुरोमा पहिलो मानव पाइला टेकेका थिए । उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् विसं २००७ जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *