ओली नेतृत्वकाे सरकार हटाउनुपर्ने माओवादीको निष्कर्ष, समर्थन फिर्ता लिने विषय एजेण्डामा

डिसी नेपाल
७ वैशाख २०७८ १७:१९

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन दिइरहेको नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई हटाउनुपर्ने निष्कर्ष निकालेको छ।

मंगलबार बसेको पार्टी स्थायी समितिको बैठकले ओली सरकारलाई हटाउने विषयमा निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनले मंगलबारको बैठकले बैठकको कार्यसूची तय गरिएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकारको विकल्प खोज्नुपर्ने ब्रिफिङ गरेको जानकारी दिए।

यो सरकारबाट राष्ट्रिय स्वाधिनतामाथि आँच आएको भन्दै प्रचण्डले ओली सरकारलाई अपदस्थ गर्नुपर्ने बताएको प्रवक्ता श्रेष्ठले बताए। उनका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय बैठकको एजेण्डा बनेको छ। उनले बुधबारको बैठकमा यो विषयमा निर्णय हुने बताए।

उनले वर्तमान ओली सरकारलाई विस्थापन गर्न पहलकदमी गरिरहेको बताए। उनले देशमा चुनाव घोषणा हुने तर चुनाव नहुने अवस्था आउन सक्ने भन्दै यो सरकार हटाउनै पर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *