मेरियट होटलमा ओली–नेपाल छलफल

डिसी नेपाल
८ वैशाख २०७८ १८:०७

काठमाडौं। सत्तारुढ दल नेकपामा चर्केको विवादले पार्टी विभाजनको जोखिम बढेपछि अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल शुरु भएको छ। यी दुई नेताबीच गत  चैत ३ गतेपछि पहिलो पटक छलफल भएको हो।

काठमाडौस्थित होटल मेरियटमा दुई नेताबीच छलफल जारी रहेको उच्च स्रोतले जानकारी दियो। विष्णु पौडेलसमेत सहभागी रहेको सो छलफल करिब ६ बजे शुरु भएको र अहिले जारी रहेको स्रोतले जनाएको छ।

यसअघि माधव समूहका नेता योगेश भट्टराइले ओलीलाई भेटर माधव नेपालसँग वार्ता गर्न सुझाव दिएका थिए। ओलीले माधव नेपाललगायत नेताहरुलाई ६ महिनाका लागि निलम्बन गरेका छन् र सांसदबाट हटाउने तयारी पनि गरेका छन्। माधव नेपाल समूहले पार्टीका समानान्तर कमिटी बनाएर गतिविधि गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *