नेपालबाट कोरिया अध्ययन गर्न आउने विद्यार्थी रोकिए, स्वीकृतिपत्र दिन बन्द
कोरिया। नेपाल सरकारले कोरियालगायत पाँच विभिन्न देशमा अध्ययन गर्न जान तयारी अवस्थामा रहेका विद्यार्थीहरुलाई रोक्ने निर्णय गरेको छ। कोरियालगायतका देशमा अध्ययन गर्न आउनका लागि आवश्यक पर्ने अध्ययन स्वीकृतिपत्र अर्थात नो अब्जेक्सन लेटर जारी गर्न तत्कालका लागि बन्द गर्ने निर्णय गरेपछि कोरिया आउन तयार भएका विद्यार्थीहरु काठमाडौंमै रोकिने भएका हुन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार बुधबारदेखि लागू हुने गरी जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको हो।
समाचारअनुसार, दक्षिण कोरियाका विभिन्न विश्वविद्यालयमा विभिन्न तहमा गरेर हाल २ हजार नेपाली विद्यार्थीहरु अध्ययनरत छन्। कोरोना कहरकै समयमा पनि यो बर्ष पनि विद्यार्थीहरुले कोरियाका विश्वविद्यालयमा भर्ना पाएका र कतिले छात्रबृत्ति पनि पाएका थिए। तर, सरकारको यो निर्णयले सबैलाई अन्यौलग्रस्त बनाइदिएको छ। विश्वविद्यालय भर्नाका लागि विद्यार्थीहरुले केही रकम खर्च गरिसकेको अवस्था छ। यो निर्णयले बैदेशिक अध्ययन गर्न जाने विद्यार्थीहरुको सपनामात्र होइन लगानी पनि चकनाचुर पारिदिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बैशाख ८ गते बुधबार एक सूचना जारी गर्दै कोरोनाको नयाँ प्रकार फैलिरहेको र सरकारले दोश्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी नयाँ निर्देशन जरी गरेको हुनाले यी देशहरुमा अहिलेका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको हा ।
वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएका यी पाँच देशहरु नेपाली बिध्यार्थीहरु धेरै जाने देशमध्येका हुन् । तर मन्त्रालयले ती देशहरुमा हाल अध्ययन गरिरहेका विध्यार्थीहरुका लागि भने वैदेशिक अध्ययन स्वीकृतिपत्र दिइने बताएको छ ।
Facebook Comment