विकास र समृद्धिको गन्तव्य पूरा गर्न सरकार अग्रसर छ : मुख्यमन्त्री पौडेल

डिसी नेपाल
११ वैशाख २०७८ १८:५६

ेवाग्मती। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ऐतिहासिक जनआन्दोलन–२ को सफलतासँगै बहाली भएको लोकतन्त्र फराकिलो राजमार्ग हुँदै देश विकास र समृद्धिको गन्तव्य पूरा गर्न अग्रसर रहेको बताएका छन्।

लोकतन्त्र दिवस–२०७८ को अवसरमा शनिबार एक शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै एक चरणको राजनीतिक अधिकार प्राप्तिको आन्दोलन निष्कर्षमा पुगेको र अधिकारका लागि लड्नुपर्ने अवस्थाको अन्त्य भएको बताएका हुन्। सन्देशमा उनले भनेका छन्, “अब हाम्रो एउटै कार्यभार समृद्ध नेपाल, सुखी नेपाली को जनआकाङ्क्षा सम्बोधन गर्नु हो । प्रदेश सरकार यसका लागि अथक प्रयत्नशील रहँदै आएको सर्वविदितै छ ।”

मुख्यमन्त्री पौडेलले त्यसो त व्यवस्थासँगै अवस्था बदल्न सक्दा मात्र परिवर्तनको दिगोपना सुनिश्चित गर्न सकिने बताएका छन्। सन्देशमा उनले भनेका छन्, “व्यवस्थाप्रति आस्था र जनविश्वास बढाउन सकिन्छ । अन्यथा घोषणामा हुने परिवर्तनले जनताको जीवनमा कुनै अर्थ राख्दैन । त्यसैले प्रदेश सरकारको सम्पूर्ण प्रयास जनताले दैनिक जीवन व्यवहारमा महसुस गर्ने गरी परिवर्तनको अनुभूति गराउने दिशामा लक्षित छन् ।”

मुख्यमन्त्री पौडेलले विसं २००७ देखि हालसम्म भएका लोकतान्त्रिक आन्दोलनमा थुप्रै नेपाली दाजुभाइ, दिदीबहिनीले आफ्नो अमूल्य जीवन देश र जनताको हितका लागि उत्सर्ग गर्नुभएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने महान सहिददप्रति हार्दिक श्रदासुमन व्यक्त गरे। उनले परिवर्तनको खातिर शहीदले देखेका सपनालाई यथार्थतामा बदल्ने सङ्कल्प एवं प्रतिबद्धता व्यक्त गर्दछु भन्दै उन्नत लोकतान्त्रिक अभ्यास, एकता र इमान्दार प्रयासबाट समृद्ध नेपाल, सुखी नेपाली जनआकाङ्क्षा पूरा गर्न सकिने बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *