राष्ट्रिय फोटो पत्रकार समुह दैलेख शाखा विस्तार

डिसी नेपाल
१४ वैशाख २०७८ १०:५७

काठमाडौं । ९४ औं राष्ट्रिय फोटोपत्रकारिता दिवसको उपलक्ष्यमा फोटोपत्रकार हिक्मतबहादुर नेपालीको अध्यक्षतामा राष्ट्रिय फोटो पत्रकार समुह जिल्ला शाखा दैलेखको ९ सदस्यीय कार्य समिति चयन भएको छ । दैलेख सदरमुकाममा भएको स्थानीय तथा राष्ट्रिय संचार गृहमा कार्यरत फोटोपत्रकार तथा पत्रकारहरुको भेलाले नेपालीलाई अध्यक्ष चुनेको हो । नवगठित शाखाको अध्यक्षमा चयन भएका पत्रकार नेपाली अन्नपूर्ण पोस्ट् र ज्वाला सन्देश अनलाइनमा फोटो तथा समाचारमा कार्यरत छन ।

भेलाले उपाध्यक्षमा फोटोपत्रकार उदयराज अधिकारीलाई चयन गरेको छ । उनि थाहा खबर र धमाका दैनिकमा कार्यरत छन । यस्तै सचिवमा यामराज विष्ट र कोषाध्यक्षमा कृष्णप्रसाद अधिकारीलाई चयन गरेको छ । जिल्ला शाखाको सदस्यहरुमा पत्रकारहरु कमला विसी, प्रेमिका सिंह, राकेश विक, खगेन्द्र खड्का र धरमरत्न थापामगर चयन भएका छन । भेलाले तीन सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु शर्मा, पत्रकारद्धय गोविन्ददेव भारती र कमल शर्मालाई सल्लाहाकार समितिमा चयन गरेको हो । भेलामा नेपाल पत्रकार महासंघका दैलेखका पूर्व अध्यक्ष विष्णु शर्मा, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गोविन्ददेव भारती र गोरखापत्र दैनिकमा कार्यरत कमल शर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका उपाध्यक्ष बालकुमारी बुढा, सदस्य मिरा स्वर्णाकार लगायतको उपस्थिती थियो । ९४ औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसकै दिन आयोजित भेलाले स्वदेश तथा विदेशमा रहनुभएका फोटो पत्रकारहरु, फोटोग्राफीमा रुची राख्ने सम्पूर्णमा शुभकामना समेत दिईएको छ । भेलापछि नवगठित शाखाको अध्यक्ष नेपालीले फोटो पत्रकारहरुको हक, हित र वृत्ति विकास तथा फोटोको माध्ययमबाट दैलेख जिल्लाको पहिचान राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउने गरी विभिन्न कार्यहरु गरिने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *