कोसीले बगाएर भारत पुगेकी ७० वर्षकी नेपाली महिलाले १ वर्षभन्दा धेरै पछि परिवार भेटिन्
काठमाडौं। कोसीको बाढीले बगाएर भारत पुगेकी एक नेपाली महिलाले १ वर्षभन्दा धेरै समयपछि आफ्नो परिवार भेटेकी छिन् । नेपालको जनकपुरकी ७० वर्षकी ती महिला कोसी नदीको बाढीमा परेपछि बग्दै बग्दै भारत पुगेकी थिइन् ।
द न्यू इण्डियन एक्सप्रेसका अनुसार तारा बाइ नामकी ती महिला बाढीमा बग्दै गएपछि जसोतसो ज्यान बचाएर भारतको मध्य प्रदेशको उमारिया जिल्ला पुगिन् । उमारिया उनको घर जनकपुरबाट १ सय किलोमिटरभन्दा टाढा छ ।
उमारियाको बिजपुर गाउँमा ती महिला त्यहाँको एक स्थानीय परिवारको साथमा एक वर्षभन्दा धेरै समयदेखि बस्दै आएकी थिइन् । ‘उनी अघिल्लो वर्षको लकडाउनदेखि नै बिजपुर गाउँमा स्थानीय परिवारको साथमा बस्दै आएकी थिइन् । एक वर्षभन्दा लामो समयको प्रयासपछि नेपालमा उनको परिवार फेला परेको छ । उनले फेरि आफ्नो घर परिवार पाएकी छिन्’ अधिकारीले भने ।
Facebook Comment