गण्डकी प्रदेशः ‘फ्लोर क्रस’ हुने आशंकामा सांसदहरु एउटै होटलमा
![गण्डकी प्रदेशः ‘फ्लोर क्रस’ हुने आशंकामा सांसदहरु एउटै होटलमा](https://www.dcnepal.com/wp-content/uploads/2021/04/gandaki-pradesh-sabha.jpg)
काठमाडाैं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका दलहरुले ‘फ्लोर क्रस’ हुने आशंकामा आफ्ना सांसदहरुलाई एकै ठाउँमा राखेका छन् । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सांसदलाई सोमबारदेखि लेकसाइडका रिसोर्ट र होटलमा राखेका हुन् ।
सत्ता पक्षले प्रलोभनमा पार्न सक्ने भएकाले सांसदलाई होटलमा राखिएको ती पार्टीले जनाएका छन् । माओवादी केन्द्रका सांसद दीपक कोइरालाले भने टाढाबाट आउने सांसदलाई आउजाउमा समस्या हुने भएकाले होटलमा बस्ने व्यवस्था गरिएको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया
Facebook Comment