निषेधाज्ञामा नर्भिकले ल्यायो निःशुल्क एम्बूलेन्स सेवा सञ्चालनमा

डिसी नेपाल
१६ वैशाख २०७८ १०:०४

काठमाडौं। थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले निषेधाज्ञाको अवधिमा गम्भीर अवस्थाका बिरामीहरुका लागि निःशुल्क एम्बूलेन्स सेवा संचालनमा ल्याएको छ। कोरोना संक्रमण तिव्र बनेसँगै सरकारले बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ।

निषेधाज्ञामा सार्वजनिक तथा निजी यातायात ठप्प भएको अवस्थामा स्वास्थ्य जटिलताका कारण सर्वसाधारणलाई समस्या नपरोस् भन्ने उद्देश्यले अस्पतालले गम्भीर अवस्थाका बिरामीका लागि निःशुल्क एम्बूलेन्स सेवा संचालनमा ल्याएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए।

स्वास्थ्यमा गम्भीर समस्या भई इमेरजेन्सी अस्पताल भर्ना हुनुपर्ने बिरामीहरुलाई लिन अस्पतालले घरैसम्म निःशुल्क एम्बूलेन्स पठाइदिने उनको भनाई छ। त्यस्ता बिरामीहरु ठीक भएपछि घरसम्मै लैजाने व्यवस्था समेत मिलाइनेछ।

यस्तो सुविधा लिनका लागि गम्भीर अवस्थाका बिरामी वा आफन्त तथा नजिकका व्यक्तिले अस्पताललाई फोन गरेर जानकारी गराउनुपर्नेछ । सो जानकारी पाएलगत्तै अस्पतालले निःशुल्क एम्बूलेन्स सेवाको माध्यमबाट समस्यामा परेका बिरामीहरुको तत्काल उद्धार गर्नेछ।

यो सुविधा काठमाण्डौंका बिरामीका लागि मात्रै उपलब्ध हुने कार्यकारी निर्देशक सिंहले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *