अस्पतालबाट सांसद शाहीको विज्ञप्तिः सन्चो भएपछि धेरैको कुराको जवाफ दिने छु

डिसी नेपाल
१६ वैशाख २०७८ १६:०३

काठमाडौं। पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले अस्पतालबाट ठिक भएर बाहिर आए धेरै प्रश्नको जवाफ दिने बताएका छन्। बुधबार गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावमाथि मतदान हुनुभन्दा अगाडि उनी सम्पर्कबिहीन भएका थिए। उनी सम्पर्कबिहीन भएको जनमोर्चाको निवेदनकै आधारमा बुधबार गण्डकी प्रदेशसभाको बैठक स्थगितसमेत भयो।

तर सांसद शाही चरक मेमोरियल अस्पतालमा उपचाररत रहेको खुलेपछि उनीमाथि आशंका उब्जियो। जनमोर्चाका नेताहरुले त सांसद अपहरण गरिएकोसमेत आरोप लगाए।

स्वयम शाहीको कोरोना रिपोर्टमा शुरुमा उनमा संक्रमण नरहेको देखियो भनेपछि संक्रमित रिपोर्ट फेला पर्यो। यतिमात्र होइन बुधबारै उनको तेस्रो कोरोना रिपोर्ट सार्वजनिक भएको जसमा उनी संक्रमित भएको उल्लेख छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा जनमोर्चाको पनि समर्थन थियो। जसका कारण बुधबार गुरुङको बिदाइ हुने लगभग पक्का थियो। तर, एकाएक जनमोर्चाका शाही बैठकमा अनुपस्थित भएपछि राजनीतिले नाटकीय मोड लियो। गुुरुङको सरकार जोगियो। तर, सांसद शाहीको निष्ठामाथि भने प्रश्न उठेको छ। सांसद शाहीले यिनै विषयमा जवाफ दिने बताएका हुन्। साथै उनले पार्टीको निर्णयप्रति आफ्नो समर्थन रहेकोसमेत बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *