लुम्बिनीमा मन्त्री बनेका जसपा सांसद पदमुक्त

डिसी नेपाल
१६ वैशाख २०७८ १८:१८

काठमाडौं। पार्टी केन्द्रको निर्देशनविपरित लुम्बिनी प्रदेशमा मन्त्री बनेका जनता समाजवादी पार्टीका ४ जना प्रदेशसभा सदस्य पदमुक्त भएका छन्। लुम्बिनी प्रदेशसभाले बिहीबार सूचना टाँसेर उनीहरु प्रदेशसभा सदस्यबाट पदमुक्त भएको जानकारी दिएको छ।

मुख्यमन्त्री शंकर पोखरलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकै दिन उनीहरुले मन्त्रीको शपथ लिएका थिए। शपथ लिएकै दिन उनीहरुलाई २४ घण्टा भित्र फिर्ता हुन निर्देशन दिइएको थियो। तर, पार्टीको अको पक्षले भने मन्त्रीहरुलाई बधाइ दिएको थियो। तर, अन्ततः उनीहरु कारबाहीमा परेका हुन्। रुपन्देही ३ (१)बाट निर्वाचित सन्तोषकुमार पाण्डेय, बाँके २(१)बाट निर्वाचित विजयबहादुर यादव तथा सामानुपातिक निर्वाचित सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएका हुन्।

उनीहरुको प्रदेशसभा सदस्य पद खोसिएसँगै मन्त्रीबाट पनि स्वतः पदमुक्त भएका छन्। लुम्बिनीमा काँग्रेस, माओवादी र जसपाले अविश्वास प्रस्ताव दर्ता गराएको थियो। तर, अविश्वास प्रस्ताव दर्ता भएकै दिन जसपाका सांसदहरुले मन्त्रीको शपथ लिएका थिए।

शपथ लिने सांसदहरुलाई महन्थ ठाकुर समूहको समर्थन रहेको जनाइएको थियो भने उपेन्द्र यादव समूहले उनीहरुलाई मन्त्रीबाट फिर्ता हुन भनेको थियो। अन्ततः जसपाको निर्णय अनुसार उनीहरुको पद गएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *