भारतबाट नेपाल फर्किने यात्रुलाई चर्को भाडा नलिन प्रवासी संघको अपील
नयाँ दिल्ली । प्रवासी नेपालीहरुको छाता संगठन प्रवासी नेपाली संघ भारतले बिहीबार एक विज्ञप्त जारी गरी भारतमा बसोबास गर्ने नेपालीहरुलाई नेपाल फर्कनेक्रममा चर्को भाडा असुल गर्ने र नेपालीहरुलाई अलपत्र पार्ने काम नगर्न यातायात व्यवसायी र एजेण्टहरुलाई आग्रह गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारी र महासचिब टीका पौडेलद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “यातायात ब्यबसायीहरु तथा ब्यबसायी सम्बन्धित एजेन्टहरूले कोभीड़ प्रकोपकै समयमा स्वदेश आवत –जावत गर्दा नेपालीहरुलाई अत्यधिक मार पर्नेगरी चर्को भाड़ा असुली गरिएको, यात्रुहरुलाई बीच बाटोमा अलपत्र पारेको जस्ता बिगतका गैरमानवीय ब्यबहारप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ । बस ब्यबसायीहरूले मानबीय सदासयता प्रकट गर्दै न्यायिक भाड़ा लिन र यात्रीहरूको जिम्मेवारी बहन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदछौ ।”संघले भारतमा रहने सम्पुर्ण प्रवासी नेपाली आमाबुवा ,दाजुभाइ तथा दिदीबहिनीहरुलाई बिव महामारीको रुपमा देखापरेको प्राण घातक कोरोना भाइरसको दोस्रो चरणको लहर तीब्र गतिमा बढेको र यसले संक्रमितको संख्या धेरै बढेकोले सजग र सतर्क रहन अपीलसमेत गरेको छ । भनेको छ, ‘आफुलाई बिश्वकै महाशक्ति सोच्ने ठूला देशहरुलाई समेत हायलकायल पार्दै बिश्व मानबजाति र विज्ञानलाई समेत चुनौती बनेको कोरोना भाइरस अहिले भारतमा दिनप्रतिदिन लाखौंको संख्यामा संक्रमित हुनथालेकोले आम नेपालीहरुलाई सजग भइरहन हार्दिक अपील गर्दछौं ।’
Facebook Comment