अत्यावश्यक काममा निस्कनेलाई पास नचाहिने
काठमाडौं। निषेधाज्ञाको समयमा अत्यावश्यक कामका लागि निस्कनेलाई पास नचाहिने भएको छ। एक सूचना सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्याआवश्यक कामका लागि ओहोरदोहोर गर्ने मानिसको हकमा पास अनिवार्य नपर्ने जनाएको हो।
सूचना अनुसार अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधन, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सरकारी र सार्वजनिक संस्थान, विमानस्थल पुग्ने र फर्किने यात्रुलाई सवारी पास आवश्यक पर्ने छैन।
यात्रा गर्दा कँही कतौ बाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न कार्यलयले अनुरोध गरेको छ।
सूचनामा अब मृत्यु संस्कार र अत्यन्त जरुरी बाहेक अन्य सवारी साधनले कार्यालयबाट पास नपाउने उल्लेख छ। कोरोनाको संक्रमण फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ।
Facebook Comment