निषेधाज्ञामा सरकारी कम्पनीले बेच्दैछन खाद्यान्न

डिसी नेपाल
१७ वैशाख २०७८ ९:१८

काठमाडौं। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निषेधाज्ञाको समयमा खाद्य वस्तुको आपूर्ति सहज बनाउन उपत्यकाका विभिन्न ६ वटा बिक्रीकक्ष खुला गर्ने भएको छ। कम्पनीका नायव प्रबन्ध निर्देशक श्रीमणि खनालका अनुसार २ बिक्रीकक्ष दिनभर र ४ वटा बिक्रीकक्ष बिहान तथा बेलुका खुला गरिने छ।

उनले भने ‘थापाथली र ललितपुर नख्खुको बिक्री कक्ष दिनभरी खुला रहने छ। रामशाहपथ र भक्तपुरको सूर्य विनायकस्थित बिक्रीकक्षहरु बिहान ७ बजेदेखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला रहनेछन्।’

यी स्थानहरुमा चामल, कर्णालीको सिमी, खानेतेल, घ्यू, स्यानिटाइजरलगायत वस्तु उपभोक्ताले किन्न पाइनेछ।

गतवर्ष लकडाउनकै समयमा अनलाइन कारोबार शुरु गरेको खाद्य व्यवस्था कम्पनीले अहिले निजी क्षेत्रको ई–कमर्स कम्पनी सस्तोडिलसँग सहकार्य गरेरसमेत सामान बेचिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *