अन्ततः एमालेले भगवती चौधरीलाई सुनसरी इन्चार्ज बनायो

डिसी नेपाल
१७ वैशाख २०७८ १८:२०

काठमाडौं। नेकपा एमालेले आफूलाई पार्टीको सुनसरी इन्चार्ज नबनाएपछि असन्तुष्ट बनेकी एमाले केन्द्रीय सदस्य भगवती चौधरीलाई अन्ततः उनको मागअनुसारकै जिम्मेवारी दिइएको छ।

यही वैशाख १० मा बालुवाटारम बसेको एमाले महाधिवेशन आयोजनक समितिको बैठकमा नेताहरुको जिम्मेवारी तोकिएको थियो। सो दिन नेतृ चौधरीलाई सुनसरी जिल्लाको इन्चार्ज नबनाइपछि उनले बिचमै बालुवाटार बैठक छाडेकी थिइन्। र उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचनासमेत गरेकी थिइन्।

उनलाई इन्चार्ज नबनाइएपछि तिब्र आलोचनासमेत भएको थियो। एमालेले शुरुमा जगदीश कुसियतलाई सुनसरीको इन्चार्ज बनाएको थियो। तर, अहिले नेतृ चौधरीलाई पनि इन्चार्ज बनाइएको हो। पार्टीको अन्तरपार्टी निर्देशन (अपानी)मा नेतृ चौधरीलाई सुनसरी इन्चार्जको जिम्मेवारी दिइएको उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *