पुनःस्थापित संसदको औचित्य पनि छैन, फेरि विघटन गर्ने आधार पनि छैन: ज्ञवाली (अन्तर्वार्ता)

डिसी नेपाल
१७ वैशाख २०७८ १९:३१

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वर्तमान संसदको कुनै औचित्य नभएको बताएका छन्। डिसी नेपालसँगको कुराकानीमा मन्त्री ज्ञवालीले पुनःस्थापित संसदको औचित्य पनि नदेखिएको र पुनःविघटन गर्ने आधार पनि नभएको बताएका हुन्।

संसद अकर्मण्यतामा फस्न पुगेको भन्दै उनले संसदमा प्रतिनिधित्व गर्ने दलहरुले संसदीय प्रक्रियाअनुसार बहुमत पुर्याएर बैकल्पिक सरकार बनाउने भए सरकार त्यसको बाधक नबन्ने बताएका छन्।

‘वर्तमान संसद गतिअवरोधमा फसेको छ, बैकल्पिक सरकार बनाउने अवस्थामा पनि छैन। सरकारले ढुक्कसँग काम गर्न सक्ने अवस्था पनि छैन’, उनले भने, ‘यिनै अस्थिरतालाई रोक्न प्रधानमन्त्रीले ताजा जनादेशको बाटो रोज्नुभएको थियो।’

संसद विघटन गर्ने आधार नभएकाले अहिले चाहेर पनि सरकारले ताजा जनादेशमा जान नसकिरहेको मन्त्री ज्ञवालीको भनाइ छ।

पार्टीको आन्तरिक विवादबारे बोल्दै उनले एमालेको फुटलाई रोक्न आफूहरु निरन्तर लागिपरेको बताए। एमाले अध्यक्ष केपीशर्मा ओली र नेता माधव नेपालको तीनचोटी भेटवार्ता भए पनि इगोका कारण निष्कर्षका नपुगेको उनको भनाइ छ। उनले माधव नेपालले प्रचण्डले देखाएको बाटोमा हिड्न खोजेको आरोपसमेत लगाए।

फ्लोर क्रस गर्ने क्रियाकलाप गैसंसदीय क्रियाकलाप भएको भन्दै उनले संघियतालाई कमजनोर पार्ने खेलमा यस्ता क्रियाकलाप भएको बताए। केन्द्रमा असहमति भए पनि प्रदेशमा फ्लोर क्रस गरेर दम्भ देखाउने ठाउँ नभएको उनले बताए।

फरक प्रसंगमा मन्त्री ज्ञवालीले चीनसहित छ देशको छलफलमा कोभिडविरुद्धको सहकार्य, गरिबी निवारण तथा कोभिडपछिको आर्थिक पुनःउत्थानमा केन्द्रित भएको बताए। यो छलफलाई बाहिर विभिन्न टिकाटिप्पणी भए पनि भारतलाई एक्ल्याउन नभई कोरोनाको लडाइँमा एकल प्रयासले नहुने भएको गरिएको सहकार्य भएको उनले प्रष्ट्याए।

हाल नेपालको भारत र चीन दुवै देशसँग सम्बन्ध एकदमै सन्तुलित रहेको उनले बताए। कुनैबेला भारतसँग नेपालको सम्बन्ध एकदमै चिसिएको भए पनि पछिल्लो समय भारतसँगको साझेदारीमा नेपालका विकासका कामहरु तिव्रता लिएको र सम्बन्ध सही दिशामा अघि बढेको उनको भनाइ छ।

सीमा लगायतका बिषयमा केही असमझदारी मिलाउन बाँकी रहेका र त्यसको नेपाल–भारत सँयुक्त आयोगको छैठौं बैठकले वार्ताको टेवलमा गइसकेको र यसले छिट्टै निकर्ष पाउने उनको विश्वास छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *