सांसद श्रेष्ठलाई कोरोना सङ्क्रमण

डिसी नेपाल
१८ वैशाख २०७८ १८:५९

तनहुँ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)लाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । शनिबार गरिएको पिसिआर परीक्षणअनुसार सांसद श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना सङ्क्रमण भए पनि कुनै प्रकारको असजिलो महसुस नभएको र होम आइसोलेशनमै रहेको उनले बताए। कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा सांसद श्रेष्ठले सबैलाई सुरक्षित रहनका लागि आग्रहसमेत गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *