लुम्बिनी प्रदेशमा दुवै पक्षमा ४० सदस्य, मुख्यमन्त्रीमा पोखरेलको नियुक्ति रोक्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र

डिसी नेपाल
१९ वैशाख २०७८ १५:०८

काठमाडाैं। शंकर पोखरेलले एकल बहुमतको आधारमा सरकार गठन गर्ने तयारी गरिरहेको भन्दै प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ रोक्न लिखित निवेदन दिएका छन्।

प्रदेशसभा सदस्य विमला खत्री वलीले आइतबार मात्र आफ्नो प्रतिनिधित्वका लागि माओवादी केन्द्र रोजेपछि एमालेका पोखरेलले बहुमत गुमाएका हुन्।

नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा नेपाललगायतका सांसदले आइतबार दिउँसो प्रदेश प्रमुखलाई भेटेर आफ्नो पक्षमा ४० सांसद रहेको दाबी गर्दै अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठन रोक्न माग गरेका छन्।

एमालेसँग ४० सांसद रहेको र आफूहरुसँग पनि ४० सांसद नै रहेको भन्दै विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई एमालेसँग एकल बहुमतको सरकार गठन गर्ने आधार गुमिसकेको दावी गरेको छ। प्रदेश प्रमुखले भने सरकार गठनका लागि कसलाई बोलाउने हो भन्ने प्रस्ट भइसकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *