पार्टी केन्द्रको निर्णय अनुसार बनेको सरकारलाई मतदान गरेका हौं फ्लोर क्रस होइन : ज्वाला

सुर्खेत। नेकपा एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले कर्णाली सरकारलाई दिएको विश्वासको मत फ्लोर क्रस नभई पार्टी केन्द्रको निर्णय अनुसार बनेको सरकारलाई मतदान गरेको बताए छन्।
सोमवार एक विज्ञाप्ती जारी गर्दै नेता ज्वालाले यस्तो बताएका हुन्। गएको बैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई ज्वालाको नेतृत्वमा ४ जना एमालेका सांसदहरुले दलको ह्वीप विपरित विश्वासको मत दिएर शाही सरकालाई बचाएका थिए।
विज्ञाप्तीमा नेता ज्वालाले भनेका छन्, ‘मैले पार्टीलाई एकतामा लैजानको लागि हदैसम्मको प्रयास गरेको थिएँ। तर केहि व्याक्तिको दम्भले कर्णालीमा पार्टी एकताबद्ध हुन सकेन। संसदीय दलका नेता एबंम केन्द्रीय नेतृत्वबाट सरकार गठन र संचालन र पार्टी संचालनको विषयमा हाही जिम्मेवार कमरेडहरुसँग कुनै पनि समन्वय र परामर्श छलफल भएन। संसदीय दल र पार्टीलाई कम्युनिष्ट पद्धतिमा नभई गुटको शैलीमा एकलौटी रुपमा चलाउने काम भयो।’
नेता ज्वालाले आफू नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिबेशनबाट केन्द्रीय सदस्य र पालिटब्युरो सदस्य भएकोले पार्टीको महत्वपूर्ण जिम्मेवारमा रहेको आफूलाई कुनै पनि जानकारी विना नै प्रदेश कमिटीमा प्रदेश इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष, र सचिव बनाएर आफू लगायत जिम्मेवार कमरेडहरुलाई विना कारण जिम्मेवार विहीन बनाएकाले पार्टीको नाममा गरिएका जिल्ला बैठक भेलाहरुबाट समेत निशेध गरिएकाले आफुहरुले विद्रोह गर्नु परेको बताएका छन्।
्‘पार्टीमा संसदीय दलको नेता २०७५ जेष्ठ अगाडिकै कायम हुने तर पार्टी नेतृत्व फागुन २८ गतेको निर्णय अनुसार हुनुपर्ने दोहोरो मापदण्ड अपनाइयो, ‘नेता ज्वालाले विज्ञाप्तीमा भनेका छन्, पार्टी भित्रका समस्याहरुलाई व्यवस्थापन गरेर पार्टीलाई सुदृढ गर्नका लागि म लगायत ३ जना मन्त्रीले मन्त्री पदबाट राजिनामा दिएर आइसक्दा पनि पार्टी केन्द्रदेखि स्थानीय स्तरसम्म पार्टीलाई गुटगत रुपमा पार्टीलाई कब्जा गर्न खोजिएकाले कर्णालीको कदमले पार्टीलाई ढिलो चाडो एकताबद्ध गर्न र समस्या सामाधान गर्नका लागि मद्दत गर्नेछ।’
आफूलाई केहि अराजक व्याक्तिबाट आर्थिक लाभ लिएको भनि गरिएको प्रचार प्रति नेता ज्वालाले प्रमाणित गर्नको लागि चुनौती दिएका छन्।
सल्यानी जनताले आफूलाई पटक पटक निर्वाचनमा जिताएर पठाएकोले आफ्नो मतदाता प्रति ऋणि भएको बताउदै उनले सल्यानी जनताको पक्षमा आफु जहिले पनि लाग्नका लागि तयार भएको बताएका छन्। नेता ज्वालाले आफु कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री हुँदा सबैभन्दा बढि बजेट सल्यानमा ल्याएर अहिले विकास निर्माणको काम भैरहेको पनि उल्लेख गरेका छन्।
आफूमाथि गरिएको भनिएको कारबाहीले आफ्नो राजनीति र सामाजिक जीवनमा कुनै पनि असर नपार्ने पनि नेता ज्वालाले विज्ञाप्तीमा उल्लेख गरेका छन्।
Facebook Comment