राष्ट्रिय सभामा विपक्षीको साझा उम्मेद्वार डा. खिमलाल देवकोटा

डिसी नेपाल
२२ वैशाख २०७८ १५:१३

काठमाडौं। बागमती प्रदेशका योजना आयोगका उपाध्यक्ष रहिसकेका डा. खिमलाल देवकोटालाई माधव नेपालसहित चार दलले राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेद्वार बनाउने सहमति गरेका छन्।

माधव नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचको छलफलपछि देवकोटालाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेद्वार बनाउने सहमति भएको हो। देवकोटा माधव नेपाल निकट हुन्। उनी राजनीतिज्ञ भन्दा योजनाविज्ञ हुन्।

‘यसअघि विभिन्न चरणमा भएका छलफलमा उहाँलाई (देवकोटा) लाई उम्मेद्वार बनाउने विषयमा चर्चा भएको थियो,’ माधव नेपाल निकट स्रोतले भन्यो, ‘उहाँलाई उम्मेद्वार बनाउने विषयमा कांग्रेस, माओवादी र जसपाको खासै सहमति देखिएको छैन।’

नेकपा एमालेले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई उम्मेद्वार बनाउने तयारी गरेको छ। बाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ। नेकपा एमालेले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई उम्मेद्वार बनाउने तयारी गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *