अमिर खानले गल्ती स्वीकार गरेपछि झनै संकट बढ्ने संकेत
एजेन्सी। केही दिन अगाडि अमिर खान ‘कफी विथ करन’ मा गएका थिए। उक्त कार्यक्रममा अमिर खानलाई के तपाइँले कहिल्यै कसैलाई रिलेशनशीपमा धोका दिनु भएको छ भनेर सोधिएको थियो। जवाफमा अमिरले धोका दिएको स्वीकार गरे।
अमिरले आफू श्रीमतीसँग बेला बेलामा झुट बोल्ने गरेको समेत सुनाए। तर उनले कसलाई धोका दिएको भन्ने विषयमा भने केही पनि बताएनन्। यद्यपी केही वर्ष पहिला एक विदेशी पत्रकारले आफू अमिर खानसँग रिलेशनशिपमा बसिसकेको र अमिर खानकी बच्चाकी आमा पनि बनिसकेको दाबी गरेकी थिइन्।
केही वर्ष पहिला एक लोकप्रिय मनोरञ्जन म्यागेजीनमा अमिर खानको अर्कैपट्टीको छोरा भएको खबर छापिएको थियो। एक बेलायती पत्रकारले अमिर खानलाई आफ्नो छोराको बाबु भएको दाबी गरेकी थिइन्। जेसिका हाइंस नामकी ती महिला २००३ मा उनले जन्मिएको छोराको बुवा अमिर खान भएको दाबी गरेकी थिइन्। महिलाले ती छोराको नाम ‘जोन’ राखेकी छन्।
अमिर खान र जेसिकाको भेट विक्रम भट्टको फिल्म ‘गुलाम’ को शुटिङका क्रममा भएको थियो। जेसिकाका अनुसार उनी गर्भवती भएपछि अमिर खानले गर्भ पतन गराउन र आफ्नो सम्बन्धका विषयमा कसैलाई पनि नबताउन भनेका थिए। तर उनले अमिरको आग्रहलाई अस्वीकार गरेकी थिइन्। पछि उनी लन्डन गइन र त्यहाँ बच्चालाई जन्म दिइन।
तर अमिर खानले आफ्नो कोही अफेयर्स नभएको बताउँदै आएका छन्। भारतीय संचारमाध्यमका अनुसार अमिरको भनिएका ती छोरा १६ वर्षका भइसकेका छन्। र, उनी लन्डनमा अहिले मोडलिङ गर्छन।
जेसिका एक बेलायती पत्रकार हुन्। जसले अमिताभ बच्चनको जीवनमा एउटा किताब ‘द बिग बी : बलिउड बच्चन एण्ड मी’ लेखेकी छन्। अमिर खानसँग छुट्टिएपछि जेसिकाले लन्डनका व्यापारी विलियम टालबोटसँग विवाह गरेकी छन्। उनकी एक छोरी ताउल्लाह पनि छन्।
Facebook Comment